यस कारण नेपाल को राष्ट्रिय झण्डाको सबै ले सम्मान गर्नु पर्छ |

  • 3 years ago
यस कारण नेपाल को राष्ट्रिय झण्डाको सबै ले सम्मान गर्नु पर्छ |
राष्ट्रिय झण्डा किन जलाउनु हुँदैन ? || नेपाली राष्ट्रिय झण्डा मा चन्द्र र सुर्य किन हुन्छ ?
संसारका कुनै पनि झण्डा नेपाली झण्डाको जस्तै सबै कुरामा ज्यादै सूक्ष्म ढङ्गले सोच र डिजाइन गरीएको छैन।
नेपाली झण्डाको प्रत्येक पक्षले इतिहासलाई प्रस्तुत गर्दछ, नेपालको भूगोल र नेपाली जनताको चरित्रको प्रतीक दिन्छ।
हाम्रो झन्डा ज्यादै अद्वितीय खालको छ। यसले सत्व, रज र तम गुणको मात्र प्रतिनिधित्व गरेको छैन, सबै जातजाति, धर्म र सांस्कृतिक परम्पराको पनि प्रतिनिधित्व गरेको छ।

नेपालको राष्ट्रिय झण्डा विश्वको एकमात्र चारकुने आकार नभएको राष्ट्रिय झण्डा हो । नेपालको झण्डा दुई त्रिकोण मिलेर बनेको छ।
झण्डाका दुई त्रिकोणहरू हिमाल पर्वत को प्रतिनिधित्व गर्दछ।
माथिल्लो त्रिकोणमा अर्ध चन्द्र र तल्लोमा सुर्य छ, जसले आकाशमा चन्द्र र सुर्य रहुन्जेल नेपाल रहीरहने कुरालाई जनाउँछ ।
चन्द्रमा मन र बुद्धिको प्रतीक हो भने सूर्य ऊर्जा र पौरखको प्रतिविम्ब हो। मन र बुद्धिको अधीनमा ऊर्जा र पौरख बस्नुपर्छ भन्ने अर्थमा चन्द्रमा माथि र सूर्य तल राखेको हो ।
नेपाली झण्डाको सिम्रिक रङ लाली गुरासको रंग हो, सिम्रिक रङ नेपालको राष्ट्रिय रङ पनि हो र यसले नेपाली जनताको बहादुरीलाई पनि संकेत गर्दछ।
नीलो किनारा शान्ति र सद्भावको प्रतिक हो । यसले हाम्रो देशमा विशाल प्राकृतिक जल स्रोतहरूको पनि प्रतिनिधित्व गर्दछ।
मुलुकको पहिचानका निम्ति पनि राष्ट्रिय चिन्हहरूको आवश्यकता पर्छ। राष्ट्रिय चिन्हहरूले मुलुकको परम्परा, भेषभूषा र रहनसहन एवं सांस्कृतिक पहिचानलाई विचार गरेको हुन्छ।
कतिपय इस्लामिक देशका झन्डामा चन्द्रमा देख्न सकिन्छ।त्यसैगरी, बौद्ध धर्ममा चन्द्रमा र सूर्यको आफ्नै ढङ्गले व्याख्या गरएिको छ।
त्यसैले चन्द्र र सुर्य कुनै जातजाति र धर्मविशेषको होइन, यो सम्पूर्ण मानव जातिको प्रतिनिधित्व गर्ने चिन्ह हो।